एप्पल इंकले आफ्नो विज्ञापन व्यवसायलाई बिस्तार गर्ने

  • Technology Khabar | ९ बैशाख २०७८, बिहीबार
एप्पल इंकले आफ्नो विज्ञापन व्यवसायलाई बिस्तार गर्ने

काठमाडौं ।

एप्पल इंकले आफ्नो एप स्टोर खोज पृष्ठको ‘सुझाव दिईएको’ सेक्सनमा दोस्रो विज्ञापन स्लट थपेर आफ्नो विज्ञापन व्यापार विस्तार गर्न योजना बनाउँदैछ। कम्पनीको सो योजनाको बारेमा फाइनान्शियल टाइम्सले बिहीबार रिपोर्ट गरेको छ।

रिपोर्टकाअनुसार नयाँ विज्ञापन स्लट, जुन महिनाको अन्त्यसम्म रोलआउट हुने बताईएको छ। जसमा विज्ञापनदाताहरूले विशेष खोजको प्रतिक्रियाको सट्टा सम्पूर्ण नेटवर्कमा उनीहरूको एपहरू प्रबर्द्धन गर्न अनुमति दिनेछ ।

एप्पलले आईफोन प्रयोगकर्ताहरूलाई निजीकृत विज्ञापनको लागि उनीहरूको डाटा प्रयोग गर्न अनुमति दिनुपर्ने सन्देश पठाउने योजना गरिरहेको छ।

टेक प्रतिद्वन्द्वी फेसबुक इंकले भने सो नीतिले सोशल मिडिया कम्पनीको विज्ञापन व्यवसायलाई चोट पुर्‍याउने तर्क गर्दै विरोध गरिरहेको छ। एजेन्सी

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...