मिडियाटेक अमेरिकामा फैलँदै, चिप अभावले असर नपार्ने दावी

  • Technology Khabar | ८ बैशाख २०७८, बुधबार

काठमाडौं ।

सन् २०२० मा मिडियाटेक क्वालकमलाई पछि पार्दै स्मार्टफोनका लागि चिप उत्पादन गर्ने शीर्ष कम्पनी भएको थियो।

ताइवानमा मुख्य उद्योग रहेको चिप उत्पादक कम्पनी मिडियाटेकले विश्वव्यापी चिप अभावले आफ्नो उत्पादन तथा बिक्रीमा असर नपर्ने तथा फाइभजी डिभाइसको उत्पादनमा पनि नकारात्मक प्रभाव नपर्ने बताएको छ।

लाइटरिडिङको प्रतिवेदन अनुसार अहिले बजारमा अभाव भएको चिप मिडियाटेकले बनाउने हाइ-इन्ड चिप नभएको दावी गरेको छ। बरु यसरी अभाव हुनेहरुमा सस्ता स्मार्टफोनमा लाग्ने तथा अटोमोबाइल र पर्सनल कम्प्युटरहरुमा लाग्ने अन्य इलेक्ट्रोनिक सेन्सरहरु रहेको कम्पनीको भनाइ छ।

विश्वव्यापी रुपमा स्मार्टफोनको बिक्री २४ प्रतिशतले वृद्धि भएको छ। यसका पछाडि मानिसहरुले पुराना फोनहरु छोड्दै जाने  तथा पछिल्ले समय फाइभजी फोनको माग बढ्दै जानु मुख्य कारण मानिएका छन्। फाइभजी स्मार्टफोनको खपत तथा माग भने चीनमा नै धेरै देखिएको छ।

मिडियाटेकको डिमेन्सिटी फाइभजी चिपसेट क्वालकमको फाइभजी चिपसेटको विकल्पको रुपमा खरो उत्रिएको छ।

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार