
काठमाडौं ।
इन्स्ट्यान्ट मेसेजिङ्ग एप व्हाट्सएपले आफ्ना आईओएस प्रयोगकर्ताहरूको लागि नयाँ अपडेट संस्करण २.२१.७१ जारी गरेको छ। यससँगै, आईओएसले धेरै काम सुविधाहरू प्राप्त गर्ने छ।
यी मध्ये सबैभन्दा विशेष फिचर राखिएको छ, जसको अन्तर्गत प्रयोगकर्ताहरूले फोटो खोले बिना नै हेर्न सक्षम हुनेछन्। आईओएस प्रयोगकर्ताहरूको लागि व्हाट्सएपले अब फोटोहरू र भिडियोहरू अघि नै पूर्वावलोकन अर्थात प्रिभ्यू देखाउनेछ, जसले प्रयोगकर्ताहरूले फाइल खोल्नु भन्दा अगाडी नै तिब्रगतिमा सामाग्री हेर्न सक्नेछन्।
यस बाहेक, व्हाट्सएपले अर्को एक विशेष फिचर रोलआउट गर्न गइरहेको छ जुन धेरै प्रयोगकर्ताहरूले प्रतिक्षा गरिरहेका थिए। एपमा अब ग्रुप च्याटमा डिसअपेयरिङ्ग म्यासेज फिचर आउँदैछ, जसमार्फत समूहका अन्य सदस्यहरूले एडमिन बाहेक अन्यले पनि सन्देश डिसअपेयरिङ्ग गर्न सक्षम हुनेछन्। यसका लागि प्रशासकले सदस्यहरूलाई यसमा पहुँच दिनुपर्दछ। यो भन्दा पहिले, केवल समूह प्रशासकहरूले सन्देश हराउने बनाउन सक्दछन्।
व्हाट्सएपले डिसअपेयरिङ्ग मेसेज यूजर्सलाई यस्तो सन्देशहरू पठाउन अनुमति दिन्छ जुन सात दिन पछि स्वचालित रूपमा मेटिन्छ। यदि कुनै प्रयोगकर्ताले सात दिन भित्र व्हाट्सएप खोलेन भने मेसेज स्वतः हराउँछ, तर मेसेजको प्रिभ्यू नोटिफिकेसनमा देखिनेछन् जबसम्म व्हाट्सएप खुल्दैन। कम्पनीले यस्तो सन्देश पठाउने समय सात दिनबाट घटाएर २४ घण्टा गर्ने तयारी गरिरहेको छ। एजेन्सीका साथ
प्रकाशित: ६ बैशाख २०७८, सोमबार