अमेजनका कर्मचारीका लागि अझै राम्रो व्यवस्था गर्नुपर्ने बेजोसको धारणा

  • Technology Khabar | ४ बैशाख २०७८, शनिबार
अमेजनका कर्मचारीका लागि अझै राम्रो व्यवस्था गर्नुपर्ने बेजोसको धारणा

काठमाडौं ।

जेफ बेजोसले अमेजनका सीईओको रुपमा आफ्ना शेयरहोल्डरहरुलाई लेखेको अन्तिम पत्रमा कर्मचारीका लागि अझै राम्रो व्यवस्था गर्नुपर्ने सुझाएका छन्।

अमेजनले आफ्ना कर्मचारीलाई रोबोटजस्तै व्यवहार गर्छ भन्ने हल्ला बाहिरिएको बेला बेजोसले यस्तो आशयको पत्र लेखेका हुन्। रिपोर्टहरुमा कम्पनीले आफ्ना कामदारहरुको हेरविचार गर्दैन भन्ने जानकारी आएका छन्।

‘ती रिपोर्टहरुमा हाम्रा कामदारहरुलाई हामीले कहिलेकाहीँ रोबोटसरह काम लगाउँछैं भन्ने आरोप छ जुन सही होइन’, बेजोसले लेखेको पत्रमा उल्लेख छ।

यो समस्या समाधान गर्नका लागि कम्पनीले कामदारको नयाँ तालिका ल्याउने र उक्त तालिका विशेष प्रकारले डिजाइन गरिएको हुने बताए। उक्त तालिका अनुसार कर्मचारीहरुलाई विभिन्न विभागमा खटाइनेछ र त्यसले कर्मचारीको शारीरिक थकान तथा समस्यालाई पनि कम गर्ने अपेक्षा गर्न सकिन्छ। यो प्रविधि २०२१ भरी नै लागू हुने उनले बताए।

अमेजनले अघिल्लो महिना रिपब्लिकन सभासद मार्क पोकनले दिएको अमेजनका कर्मचारीले पिसाब फेर्ने समयसम्म नपाउने भन्ने अभिव्यक्तिको झूटो खण्डन गरेकोमा सार्वजनिक माफी मागेको थियो।

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...