आईफोन १४ मा ४८ मेगापिक्सेलको क्यामरा आउने, ८के भिडियो खिच्न मिल्ने

  • Technology Khabar | २ बैशाख २०७८, बिहीबार
आईफोन १४ मा ४८ मेगापिक्सेलको क्यामरा आउने, ८के भिडियो खिच्न मिल्ने

काठमाडौं ।

एप्पलसम्बन्धी प्राविधिक विश्लेषक मिङ चु कुओले हालै कम्पनीले आगामी केही वर्षमा ल्याउने र बन्द गर्ने केही उत्पादनका बारेमा खुलासा गरेका छन्।

यो विवरणमा आगामी वर्ष आउँदै गरेको आईफोन १४ सिरिजका साथमा दुई वटा ६.१ इन्च तथा अन्य दुईवटा ६.७ इन्चका आईफोन रहेका छन्।

यसबाट कम्पनीले अब ५.४ इन्चको आईफोन मिनी आउँदो वर्षदेखि उत्पादन नगर्ने बुझिन्छ। यो वर्ष आईफोन १३ मिनी भने थोरै सङ्ख्यामा भए पनि उपलब्ध हुनेछ। मानिसहरुले धेरै रुची नदेखाएकाले एप्पलले आईफोन १२ मिनीको उत्पादनमा भने व्यापक कटाैती गर्नुपर्ने भएको छ।

अर्को वर्ष आउने आईफोनमा ६.१ र ६.७ इन्चका दुई आईफोन र ६.१ र ६.७ इन्चका दुई आईफोन प्रो रहनेछन्। तीमध्ये प्रो सिरिजमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहनेछ।

अहिले आईफोन १२को मुख्य क्यामरा १.७ माइक्रोमिटर पिचयुक्त १२ मेगापिक्सेलको छ। कुओले आईफोन १३ मा १२ मेगापिक्सेलकै क्यामरा रहने तर सेन्सर साइज बढेका कारण पिक्सेलको साइज भने २.० माइक्रोमिटरको हुने अड्कल गरेका छन्।

२०२२ को आईफोन १४ सिरिजमा रहेको क्यामराले ८के भिडियो खिच्नसक्ने अपेक्षा गरिएको छ।

हाल हल्ला चलिरहेको पेरिस्कोप जूम क्यामरा २०२३ मा आउने कुनै आईफोन प्रो मोडलमा रहन सक्ने बुझिएको छ। यसबाहेक कुओले एप्पलले २०२३ मा अन्डर डिस्प्ले फेस आईडी फिचर ल्याउने पनि बताएका छन्। कम्पनीले यो वर्ष फेस आईडी नच १० प्रतिशत सानो बनाउने पनि बुझिएको छ।

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Everest Engineering College organized talk program on ‘Save the Himalayas’

  • Technology Khabar
  • २ बैशाख २०७८, बिहीबार