ई-कमर्समार्फत् भएको कारोबार सङ्ख्या १ लाख ३ हजार नाघ्यो

  • Technology Khabar | १ बैशाख २०७८, बुधबार
ई-कमर्समार्फत् भएको कारोबार सङ्ख्या १ लाख ३ हजार नाघ्यो
फाइल तस्बिर

काठमाडौं ।

नेपालमा पछिल्लोपटक ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्या १ लाख ३० हजार नाघेको छ।

इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गइरहेका हुन्।

ई-कमर्स प्लेटफर्मले दैनिक जीवनका लागि चाहिने खाद्य, तरकारी लगायत भान्छा, लुगाफाटो, औषधी, पुस्तक आदिजस्ता सबै प्रकारका वस्तुहरु घरमै उपलब्ध गराउने हुनाले पनि मानिसहरु यतातिर आकर्षित हुँदै गएका पाइएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा चैत महिनाको शुरुवात सम्ममा ई-कमर्समार्फत् भएको कारोबार संख्या १ लाख ३० हजार २०२ रहेको पाइएको छ।

माघ महिनामा यो कारोबारको संख्या १ लाख २७ हजार २३३ रहेको थियो। यसरी हेर्दा फागुन शुरुवातमा भन्दा चैत शुरुवातसम्मा ई-कमर्सको जम्मा कारोबार संख्या २ हजार ९६९ ले बढी हो।

सामान्य हिसाबले हेर्दा कारोबार संख्याबढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै भए पनि पछिल्लो एक महिनाको समयमा कारोबार सङ्ख्या झण्डै ३ हजार हाराहारीले बढेपनि कारोबार रकम भने अघिल्लो महिनाको तुलनामा घटेको छ ।

अघिल्लो महिनामा ई-कमर्समार्फत् ९३ करोड २० लाख रुपैयाँको कारोबार भएकामा चैतको शुरुवातमा आएर यो रकम ९० करोड ४० लाख रुपैयाँमा झरेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा ई-कमर्समार्फत् भएको कारोबार रकममा २८ करोड रुपैयाँले कमी आएको छ।

प्रकाशित: १ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...