हिँडिरहेको बेलामा फोन प्रयोग गर्नेलाई फोन एपले अगाडि हेर्नका लागि सतर्क गराउने

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
हिँडिरहेको बेलामा फोन प्रयोग गर्नेलाई फोन एपले अगाडि हेर्नका लागि सतर्क गराउने

काठमाडौं ।

आगामी दिनमा एन्ड्रोइड प्रयोगकर्ताहरूले हिड्दै गर्दा उनीहरूको मोबाइल फोनहरू हेरिरहेको भए बन्द गर्न र अगाडी हेर्न भनेर नोटिफिकेसन दिने भएको छ ।

एन्ड्रोइड फोनका लागि आउन लागेको नयाँ एउटा टूलले सो बारेमा सुझाव दिने बताईएको छ।

टेक ब्लग एक्सडीए डेभलपर्सले रिपोर्ट गरेअनुसार यो फिचर डिजिटल वेलबिईङ एपको अपडेटमा परीक्षण गरिएको छ। एपको स्क्रीनशटहरुले फोनको स्क्रिनमा नोटिफिकेसन देखा पर्ने देखाएको छ।

‘तपाइँको वरिपरि के छ भनेर थाहा पाउन ध्यान केन्द्रित गर्नुहोस्,’ गुगलको एन्ड्रोइड टूलले भन्छ।

यो फिचरलाई ‘हेड्स अप’ भनिनेछ र यसलाई डिजिटल वेलइबिईङ एपमा निर्माण गरिएको हो । यो एप प्रयोगकर्तालाई उनीहरूले आफ्ना फोनहरू कति प्रयोग गर्ने भन्ने मद्दतको लागि डिजाइन गरिएको हो।

उदाहरणको लागी, तपाइँ केहि एपको उपयोगमा एक सीमा सेट गर्न सक्नुहुन्छ, वा सेट समयमा नोटिफिकेसनहरुलाई बन्द गर्न सक्नुहुनेछ।

एक्सडीए विकासकर्ताहरूका अनुसार फोनका सेटिंग्समा नोटिफिकेसनलाई स्विच अन वा अफ गर्न सकिन्छ।

हालै गुगल पिक्सेल फोर ए फोन प्रयोगकर्ता जय प्रकाश कामतले आफ्नो  अपडेट पाएपछि हेड्स अपको स्क्रिनशटहरू ट्वीट गरेका थिए।

सो ट्वीटअनुसार फोन प्रयोगकर्तालाई अगाडी हेर्नऽ टाउको उठाउन र सतर्क भएर कदम चाल्न नोटिफिकेसनमा सुझाब दिईएको छ ।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...