अलिबाबाले ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना रकम स्वीकार गर्ने, परिवर्तनको लागि प्रतिबद्द

  • Technology Khabar | ३० चैत्र २०७७, सोमबार
अलिबाबाले ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना रकम स्वीकार गर्ने, परिवर्तनको लागि प्रतिबद्द

काठमाडौं ।

चिनियाँ टेक जायन्ट अलिबाबाले हालै एकाधिकार विरोधी भएको आरोपमा नियामक निकायले लगाएको रेकर्ड जरिवानालाई स्वीकार गर्ने सोमबार बताएको छ।

नियमनकारीले हालै अलिबाबालाई बजारमा प्रतिस्पर्धा विरोधी काम गरेको भन्दै १८ अर्ब यूआन अर्थात ३ खर्ब ३० अर्ब रुपैयाँ बराबर रकम जरिवाना तिराएको थियो । यसले बजारमा आफ्नो स्थितिको दुरुपयोग गरेको एक अनुसन्धानले पत्ता लगाएको थियो।

सो जरिवाना कम्पनीको सन् २०१९ को घरेलू राजस्वको करिब ४ प्रतिशत जति रकम हुन आउँछ ।

अलीबाबा समूहका कार्यकारी उपाध्यक्ष जो साईले अलीबाबा जस्ता प्लेटफर्महरू बढ्दै जाँदा नियामकहरूले चासो लिएको संकेत गरेकाछन् ।

‘हामीले यसलाई पछाडि छोड्दा हामी खुसी छौं, तर प्रवृत्ति के हो भने नियामकहरू केहि क्षेत्रहरू हेर्ने इच्छा राख्दछन् जहाँ तपाईसँग अनुचित प्रतिस्पर्धा हुन सक्छ’ उनले सोमबार एक लगानीकर्ता सम्मेलनमा भने।

कम्पनीले चिनिया नियामकहरूले कुनै पनि थप एकाधिकार विरोधी अनुसन्धानको बारेमा जानकार नभएको बताएको छ। यद्यपि यसले मर्जर र अधिग्रहणको सम्बन्धमा अलीबाबा र यसका प्रतिस्पर्धीहरू चीनमा समीक्षामा रहनेछन् भन्ने संकेत दियो ।

अलिबाबाले नियमनकारीद्धारा लागू गराईएको व्यावासायिहरूसँगको आफ्नो विशिष्ट व्यवस्थामा हुने परिवर्तनबाट कुनै भौतिक असरको नहुने अपेक्षा गरिएको सीईओ डेनियल झाङ्गले बताएका छन् ।

कम्पनीले यसको प्लेटफर्ममा व्यापारीहरूले भोग्नुपर्ने प्रवेश अवरोधहरू र व्यापार लागत कम गर्न उपायहरू पेश गर्ने उनले भनेका छन् ।

यो पनि हेर्नुस्-

ज्याक मा को इन्टरनेट कम्पनी अलिबाबालाई चीनमा ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ३० चैत्र २०७७, सोमबार