११ औं जितपुर सिमरा गोल्ड कपको टिकट अनलाइन ‘खल्ती’ एप बाट किन्न सकिने

  • Technology Khabar | २९ चैत्र २०७७, आईतवार
११ औं जितपुर सिमरा गोल्ड कपको टिकट अनलाइन ‘खल्ती’ एप बाट किन्न सकिने

काठमाडौं ।

चैत्र ३१ गतेबाट सिमरा रंगशाला, सर्लाहीमा हुन गइरहेको नव जन जागृति युवा क्लबद्वारा आयोजित ११ औं जितपुर सिमरा गोल्ड कप-२०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट पार्टनर भएको छ।

यस पश्चात अब सिमरामा अवस्थित फुटबल फ्यानहरुले खल्ती एप डाउनलोड गरी आफ्नो फोनबाटै खेलको टिकट काट्न सक्नेछन्। साथै एपबाट काट्दा २० ५ छुट पाउनेछन् जस मध्य ५ जनाले हरेक म्याचमा सत् प्रतिशत टिकट रकम फिर्ता पाउनेछन्।

यसको लागि खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल तथा नव जन जागृति युवा क्लबका प्रेसिडेन्ट रामचन्द्र लामा बीच सम्झौता पश्चात भएको हो।

‘हामी यस जितपुर सिमरा गोल्ड कपमा आधिकारिक टिकटिंग पार्टनर हुन पाउँदा निक्कै गर्व महशुस गरेका छौँ। यसले फ्यानहरुलाई लाइन नबसी आफ्नो फोनबाटै टिकट खरिद गर्न सम्भव बनाउने छ। साथै यसले सबैलाई डिजिटल भइ आफ्नो भुक्तानी अनलाइन माध्यमबाट गर्न थप प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु,’ भुर्तेलले भने ।

यस खेलमा बिजेताले दश लाख र उपबिजेताले ५ लाख नगद राशि पुरस्कार स्वरुप पाउनेछन्। साथै रंगशालामा उपस्थित प्रशंसकहरुलाई पनि भरपुर समर्थन दिन प्रोत्साहन गर्न ‘खल्ती’ ले रु.२००० कुपन कोड हरेक खेलमा एकजनाको लागि व्यवस्था गरेको छ।

यस कपका सबै इभेन्ट तथा खेल गोल नेपालले आफ्नो फेसबुक पेजको माध्यमबाट लाइभ प्रशारण गर्नेछ जहाँ दर्शकको लागि ‘खल्ती’ को कुपन कोड उपलब्ध हुने जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...