गुगल पिक्सेल स्मार्टवाचको विवरण लीक, एप्पल वाचसँग प्रतिस्पर्धा गर्ने

Technology Khabar २९ चैत्र २०७७, आईतवार

काठमाडौं ।

एप्पल वाचसँग प्रतिस्पर्धा गर्नेगरी गुगलले स्मार्टवाच ल्याउने पक्का भएको छ। यसअघि थुप्रैपटक विवरण लीक भइसके पनि गुगलले त्यस प्रकारको डिभाइस ल्याउन लागेको पहिलो पटक हो।

एक चर्चित लिकर जोन प्रोस्सरले उक्त डिभाइसको उच्च गुणस्तरको फोटो पोस्ट गरेका हुन्। तर कम्पनीले भने आधिकारिक रुपमा यसबारे केही बताएको छैन।

प्रोस्सरले आफूसँग गुगलले लिएको उक्त वाचको आधिकारिक फोटो रहेको तर आफ्ना सूचकको बारेमा जानकारी बाहिरिने भएकाले त्यसलाइ सार्वजनिक गर्न नसक्ने बताएका छन्। तर उक्त वाचको डिजाइन दुरुस्तै देखिने प्रतिलिपिहरु बनाइएका छन्।

उपलब्ध जानकारीका रोहन कोडनाम दिइएको उक्त वाच अनुसार सामान्य डिजाइनमा आउनेछ। जसमा पातलो डिस्प्लेसँग पातलो मेटल बडीको संयोजन हुनेछ।

यसमा एप्पलका पुराना वाचमा भए झैं क्राउन आकारमा बनेको एउटा फिजिकल बटन रहने छ।

यसबाहेक यस पिक्सेल वाचका प्राविधिक विशेषताका बारेमा कुनै जानकारी दिइएको छैन भने यसको सम्भावित सार्वजनिक मितिका बारेमा पनि उल्लेख छैन। तर गुगलले यसलाई आउँदो हिउँदमा पिक्सेल ६ सँगै सार्वजनिक गर्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया