क्यान महासंघद्धारा स्क्रम मास्टर विषयक तालिम शुरु

Technology Khabar २९ चैत्र २०७७, आईतवार

काठमाडौं ।

क्यान महासंघले आयोजना गरेको स्क्रम सम्बन्धि तालिम शनिबारबाट शुरू भएको छ । दुईदिने यो तालिममा २३ जना सहभागी भएका छन् ।

स्क्रम सम्बन्धि तालिमलाई सम्बोधन गर्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यानले ट्रेनिङ्ग प्रोग्राम र डिजिटल साक्षरता कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

ट्रेनिङ्ग संयोजक हेमपाल श्रेष्ठले यो तालिमले आइटी उद्योगमा सकारात्मक सन्देश दिने र यस्ता कार्यक्रमले दक्ष जनशक्ति निर्माण गर्न सघाउने बताए ।

स्क्रमको बारेमा स्क्रम प्रडक्ट ओनर तथा एसियन डेभलपेन्ट बैंकका आइसीटी सल्लाहकार विवेक राणा र लाइसेन्स प्राप्त गरेका स्क्रम ट्रेनर तथा प्रोजेक्ट म्यानेजमेन्ट निर्देशक प्रकाश अर्यालले प्रशिक्षण दिइरहेका छन् ।

यो तालिममा विशेष गरी टिम मेम्बर, टिम लिडर, स्क्रम मास्टर, विकासकर्ता, प्रोजेक्ट म्यानेजरहरुलाई फाइदा पुर्‍याउनेछ । यसमा सफ्टवेयर र एजाईलको विकासको बारेमा विशेष जानकारी दिइने बताईएको छ।

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया