टिकटकलगायतका प्लेटफर्मलाई कानुनी कारबाही गर्ने चिनियाँ फिल्म निर्माताहरुको चेतावनी

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
टिकटकलगायतका प्लेटफर्मलाई कानुनी कारबाही गर्ने चिनियाँ फिल्म निर्माताहरुको चेतावनी

काठमाडौं ।

७० प्रतिशत चिनियाँ चलचित्र तथा टेलिभिजन शोका निर्माता तथा तिनीहरु आबद्ध संघहरुले टिकटकलगायतका छोटो भिडियो प्लेटफर्म विरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन्।

शुक्रबार चीनको एक सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेको खबर अनुसार ती निर्माता र संघले आफ्ना चलचित्रका सामग्री अनधिकृत रुपमा यस्ता प्लेटफर्ममा प्रयोग गरिएकोमा आवश्यक कानुनी कारबाहीको बाटो अपनाउने चेतावनी दिएका छन्।

सेक्युरिटी टाइम्सका अनुसार भिडियो स्ट्रिमिङ प्लेटफर्म आईक्यूआईवाईआई, टेन्सेन्ट भिडिय तथा अलिबाबाको युकु सम्मिलित समूहले सामूहिक विज्ञप्ति जारी गर्दै छोटा भिडियो प्लेटफर्म तथा उत्पादकहरुले कुनै पनि सामग्री प्रयोग गर्दा अनुमति लिनुपर्ने बताएका हुन्।

छोटा भिडियो प्लेटफर्मका उत्पादकहरुले अनुमतिबिना नै चलचित्र तथा अन्य कार्यक्रमका सामग्री सम्पादन तथा प्रवर्द्धन गर्ने गरेको पाइएकोले प्रतिलिपि अधिकारको सचेतना जगाउन यसो गरिएको समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चीनमा चर्चित छोटा भिडियो प्लेटफर्महरुमा कुआईशोउ, टिकटकको चिनियाँ भर्जन डुइन आदि हुन्।

यस सम्बन्धमा बुझ्न खोज्दा बाइटडान्स र कुआईशोउले कुनै प्रतिक्रिया नदिएको समाचारमा उल्लेख छ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार