अब ह्वाट्सएपको च्याट लग एन्ड्रोइड र आईओएसबीच ट्रान्सफर हुने

  • Technology Khabar | २४ चैत्र २०७७, मंगलवार
अब ह्वाट्सएपको च्याट लग एन्ड्रोइड र आईओएसबीच ट्रान्सफर हुने

काठमाडौं ।

ह्वाट्सएपले अब एन्ड्रोइडबाट आईओएस वा आईओएसबाट एन्ड्रोइडमा च्याट लग ट्रान्सफर गर्ने मिल्ने बनाउने भएको छ।

डब्लूएबिटाइन्फोका अनुसार ह्वाट्सएपले क्रस प्लेटफर्म माइग्रेशनमा काम गरिरहेकोले केही समयपछि यो सेवा शुरु हुनेछ। तर हाल यसको बिटा भर्जन पनि कतै उपलब्ध भने भइसकेको छैन।

यो फिचर कहिले उपलब्ध हुनेछ भन्ने यकिन नभए पनि एपस्टोर वा टेस्टफ्लाइटमा लेटेस्ट ह्वाट्सएप भर्जन हुनेले क्रस प्लेटफर्म ट्रान्सफरको फोटो भने देख्न सक्नेछन्।

यस सम्ब्धमा ह्वाट्सएपले भने क्रस प्लेटफर्म ट्रान्सफरमा मुख्य समस्या डाटा फर्म्याटमा रहेको भिन्नता भएको बताएको छ। एन्ड्रोइडको डाटा गुगल ड्राइभमा सेभ हुन्छ भने आईओएसको डाटा आईक्लाउडमा।

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २४ चैत्र २०७७, मंगलवार