आईफोन १३ प्रोको विवरण लीक, सानो नचसहित आउने

  • Technology Khabar | २३ चैत्र २०७७, सोमबार
आईफोन १३ प्रोको विवरण लीक, सानो नचसहित आउने

काठमाडौं ।

आईफोन १३ प्रो को सम्भावित विवरण हालै सार्वजनिक भएको छ। जापानको आपूर्ति श्रृङ्खलाको ब्लग म्याकोटाकाराले हालै आईफोन १३ प्रो को डमीको फोटो तथा भिडियो शेयर गरेको छ।

फोटोमा देखाइए अनुसार सानो नच तथा सेल्फी क्यामराको ठाउँ हल्का परिवर्तन गरेको देखिएको छ।

एप्पलले आफ्ना एसेसरी बनाउने कम्पनीहरुलाई आउँदै गरेका फोनका बारेमा आवश्यक जानकारी दिने भएकाले हालै लीक भएको विवरण पनि यसैका आधारमा भएको आकलन गरिएको छ।

रिपोर्टका अनुसार आईफोन १३ प्रोको नचको उचाइ ५.३५ मिलिमिटर रहेको छ। आईफोन १२ प्रो मा भने ५.३ मिमिको नच रहेको थियो।

एप्पलले इयरपिस स्पीकरलाई आईफोन १३ प्रो को माथिल्लो बेजलनजिक लगेको छ। आईफोनको डिजाइनमा भएको यो परिवर्तनका बारेमा गत वर्ष आईफोन १२ कै बेला चर्चा चलेको थियो। तर आईफोन १२ मा आईफोन एक्स, एक्सएस तथा ११ को नच नै दोहोरिएको थियो।

उक्त डमीमा सेल्फी क्यामराको ठाउँ पनि हल्का परिवर्तन गरेर दायाँबाट बायाँतिर सारिएको छ। यो परिवर्तनको उद्देश्यका बारेमा कुनै जानकारी दिइएको छैन।

डमीमा नच र सेल्फी क्यामराबाहेक अन्य कुनै विवरण देखिएको छैन र यो डिजाइनका हिसाबले आईफोन १२ जस्तै देखिने र डिस्प्लेमा सुधार तथा टच आईडीसहित आउनसक्ने आकलन गरिएको छ।

प्रकाशित: २३ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार