पब्जी मोबाइलद्वारा ५ दिनमा १६ लाख ह्याकरहरुलाई प्रतिबन्ध

  • Technology Khabar | २३ चैत्र २०७७, सोमबार
पब्जी मोबाइलद्वारा ५ दिनमा १६ लाख ह्याकरहरुलाई प्रतिबन्ध

काठमाडौं ।

पब्जी मोबाइलले मार्च २८ देखि अप्रिल १ तरिखसम्ममा १६ लाख ह्याकरहरुलाई प्रतिबन्ध गरेको छ।

पब्जी मोबाइलले आफ्ना ग्राहकहरु गेम खेल्ने क्रममा तेस्रो व्यक्तिद्वारा नठगिउन् वा खेलको नियममा गडबडी नहोस् भन्ने हिसाबले हप्तैपिच्छे एन्टि चिटिङ रिपोर्ट निकाल्ने गरेको छ।

यसरी गेमका क्रममा खेलको नियमविपरीत ठगी गर्नेहरुलाई प्रतिबन्ध लगाउने गरेको छ।

टेन्सेन्टले शनिबार निकारेको एक रिपोर्टमा मार्चको अन्तिम १ हप्तामा ६८ प्रतिशत पब्जी एकाउन्टले अटो एम तथा एक्सरे भिजन ह्याक प्रयोग गरेको पाइएको थियो।

यसबाहेक १२ प्रतिशतले स्पीड ह्याक र १० प्रतिशतले एरिया ड्यामेज र क्यारेक्टर कन्ट्रोलमा हेराफेरी गरेको पाइएको थियो। अन्य १० प्रतिशत एकाउन्टहरु भने अन्य कारणले प्रतिबन्ध लगाइएका बुझिएको छ।

टेन्सेन्टले ह्याकरहरुको स्तर पनि सार्वजनिक गरेको छ।

  • ब्रोन्ज – ३५ प्रतिशत
  • सिल्भर – ११ प्रतिशत
  • गोल्ड – ९ प्रतिशत
  • प्लाटिनम – ११ प्रतिशत
  • डायमन्ड – १३ प्रतिशत
  • एस ८ – प्रतिशत
  • कंकरर – १ प्रतिशत

प्रकाशित: २३ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २३ चैत्र २०७७, सोमबार