डिशहोमले ल्यायो ‘खुशीको उडान’, हप्तैपिच्छे बैंकक ट्रिप जित्न सकिने

  • Technology Khabar | १९ चैत्र २०७७, बिहीबार
डिशहोमले ल्यायो ‘खुशीको उडान’, हप्तैपिच्छे बैंकक ट्रिप जित्न सकिने

काठमाडौं ।

डिशहोमले खुशीको उडान नामको योजना सार्वजनिक गरेको छ। आफ्ना एक्टिभ ग्राहकहरुलाई सुधारिएको सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

योजना अन्तर्गत हरेक बिहीबार लक्की ड्र गरिनेछ र उक्त लक्की ड्रमार्फत् डिशहोमको मासिक टप अप गर्नेहरुमध्येबाट दुई जनाले जोडीसहित बैंकक ट्रिप तथा वार्षिक रिचार्जमा विशेष छुटलगायतका पुरस्कार पाउनेछन्।

कम्पनीका अनुसार उक्त लक्की ड्रमा डिशहोम डिलरमारफत् फन्ड ट्रान्सफर, ई-वालेटमार्त तथा रिचार्जकार्ड मार्फत् टप अप गर्ने सबै एक्टिभ ग्राहकलाई समावेश गरिनेछ।

लक्की ड्रको घोषणा ग्राहकको नामबाट नभइ ग्राहकको डिशहोम सेट टप बक्समा रहेको क्यास आईडीका आधारमा गरिनेछ। यो लक्की ड्र आगामी चैत २६ गतेबाट शुरु हुने र यसको प्रसारण डिशहोमको रमाइलो टीभी, रियालिटी टीभी, सरोकार टीभी तथा डिशहोम शोकेस च्यानलमा प्रत्येक बिहीबार ५ बजे गरिनेछ।

यस योजनाका बारेमा विस्तृत विवरण नजिकैको डिशहोम डिलर अथवा डिशहोमको कस्टमर केयरमा फोन गरेर लिन सकिने पनि कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • १९ चैत्र २०७७, बिहीबार