एप्पलको डेभलपर्स कन्फ्रेस २०२१ जून ७ देखि आयोजना हुने, नयाँ अपरेटिङ्ग सिस्टम ल्याईने

  • Technology Khabar | १८ चैत्र २०७७, बुधबार
एप्पलको डेभलपर्स कन्फ्रेस २०२१ जून ७ देखि आयोजना हुने, नयाँ अपरेटिङ्ग सिस्टम ल्याईने

काठमाडौं ।

एप्पलले आधिकारिक रूपमा डब्ल्यूडब्ल्यूडीसी २०२० आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीले ‘ग्लो एण्ड वीहोल्ड’ नाराका साथ यो वर्षको  सम्मेलन जून ७ देखि जून ११ तारिखसम्म भर्चुअलरुपमा आयोजना हुनेछ ।

यो वर्ष डब्ल्यूडब्ल्यूडीसी २०२१ मा एप्पलले आईओएस १५, म्याकोस १२, वाचोस ८ सहित आफ्नो भविष्यको सफ्टवेयर प्लेटफर्म अनावरण गर्ने सम्भावना छ।

यसले लगातार दोस्रो वर्ष कोभिड १९ का कारण भर्चुअल वर्ल्डवाइड डेवलपर्स कन्फ्रेन्स आयोजना गर्न लागेको हो। कार्यक्रम सबै डेभलपरहरुको लागि निःशुल्क हुनेछ।

कम्पनीले २०२१ को डब्ल्यूडब्ल्यूडीसीमा आईओएस, म्याकोस, वाचोस र टिभीओएसको विशेष भित्री जानकारीहरु देखाईने बताएको छ।

यसका साथै यो वर्षको डब्ल्यूडब्ल्यूडीसीमा कम्पनीले विकासकर्ताहरुको लागि नयाँ हार्डवेयर समेत ल्याउन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार