ग्यालेक्सी ट्याब ए७ लाइटका विवरण बाहिरियो, के के छन् सम्भावित फिचर?

  • Technology Khabar | १८ चैत्र २०७७, बुधबार
ग्यालेक्सी ट्याब ए७ लाइटका विवरण बाहिरियो, के के छन् सम्भावित फिचर?

काठमाडौं ।

सामसङले घोषणा नै गर्न बाँकी ग्यालेक्सी ट्याब ए७ लाइटका बारेमा केही विवरणहरु अनलाइनमा बाहिरिएका छन्। यसका अनुसार कम्पनीको यो बजेट एन्ड्रोइड ट्याब्लेट हुने आकलन गर्न सकिन्छ।

भ्वाइस डटकममा इभान ब्लास नाम गरेका लिकरले सार्वजनिक गरेको विवरण अनुसार आउँदै गरेको ट्याब्लेट हालसम्म आएका ट्याब ए सिरिजको भन्दा खासै फरक देखिँदैन।

ब्लासले ट्याब ए७ लाइटको फोटोबाहेक केही सम्भावित स्पेसिफिकेसनसमेत खुलाएका छन्। बाहिरिएको स्पेसिफिकेसनमा खासै नैलो फिचर केही नभए पनि नेटफ्लिक्स र युट्युब प्रयोगकर्ताका लागि भने उपयुक्त हुने देखिएको छ।

ब्लासका अनुसार ट्याब्लेटको नाम ए७ भए पनि यसको साइज भने ८.४ इन्च हुनेछ। यस्तै यसमा मिडियाटेकको हिलियो पी२२टी चिपसेट प्रयोग हुने र र्याम ३ जीबी दिइने उल्लेख छ। यसबाहेक यसमा अगाडि र पछाडि एक एकवटा क्यामरा तथा पावरका लागि ५१०० एमएएचको ब्याट्री रहनेछ।

यसबाहेक यस ट्याबका बारेमा धेरै विवरण दिइएको छैन। तर यसको मूल्य भने गत वर्षको ट्याब ए६ को जस्तै ३४९ डलरको हाराहारी हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...