गत वर्ष सबैभन्दा बढी स्मार्टफोन चिप बिक्री गर्ने सूचीमा मिडियाटेक पहिलो

  • Technology Khabar | १७ चैत्र २०७७, मंगलवार
गत वर्ष सबैभन्दा बढी स्मार्टफोन चिप बिक्री गर्ने सूचीमा मिडियाटेक पहिलो

काठमाडौं ।

सन् २०२० मा सबैभन्दा बढी स्मार्टफोन चिप बिक्री गर्ने सूचीमा मिडियाटेक पहिलो नम्बरमा परेको छ।

डिजिटाइम्सले निकालेको तथ्याङ्कले यस्तो देखाएको र यसका पछाडि मुख्य स्मार्टफोनका आधिकारिक उपकरण निर्माताहरुबाट धेरै माग आउनु, अमेरिकाले ह्वावेलाई प्रतिबन्ध लगाउनु तथा कम्पनीले आफ्ना डिमेन्सिटी चिपसेटमा फाइभजी मोडेम समावेश गर्नुलाई मानिएको छ।

सन् २०२० मा मिडियाटेकले स्मार्टफोन कम्पनीहरुलाई ३५ करोड १८ लाख थान चिपसेट बिक्री गरिएको तथ्याङ्क छ जुन सन् २०१९ भर बिक्री गरिएको २३ करोड ८० लाख थानभन्दा धेरै गुणा बढी हो। यसबाट मिडियाटेकको विश्वबजार हिस्सा सन् २०१९ मा १७.२ प्रतिशत भएकोमा सन् २०२० मा भने बढेर २७.२ प्रतिशत पुगेको देखिन्छ।

मिडियाटेक चिपसेटसहितको स्मार्टफोन उत्पादन र बिक्री गर्नेमा शाओमी पहिलो नम्बरमा परेको छ। सन् २०१९ मा शाओमीले १९ करोड ७० लाख थान स्मार्टफोन बिक्री गरेकोमा सन् २०२० मा यो सङ्ख्या बढेर ६३ करोड ७० लाख थान पुगेको थियो।

यस्तै ओप्पोले सन् २०१९ मा ४६ करोड ३० लाख थान मिडियाटेक प्रोसेसरयुक्त स्मार्टफोन बेचेकोमा यो सङ्खा सन् २०२० मा आइपुग्दा ५५ करोड ३० लाख थान पुर्याउँदै दोस्रो नम्बरमा परेको छ।

ओप्पो र रियलमीको जोडेर हेर्ने हो भने सन् २०२० मा ८३ करोड २० लाख थान मिडियाटेकयुक्त स्मार्टफोनहरु बिक्री भएका थिए। सामसङले पनि गत वर्ष ४३ करोड ३० लाख थान मिडियाटेकयुक्त स्मार्टफोनहरु बिक्री गरेको तथ्याङ्क छ।

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...