मोबाईल प्रयोग गर्दा यी कामहरु कहिल्यै नगर्नुहोस्, अन्यथा ज्यानै जोखिममा पर्नसक्छ

  • Technology Khabar | १५ चैत्र २०७७, आईतवार

काठमाडौं ।

तपाईँले फोनको ब्याट्री फुटेर घाइतेदेखि लिएर मान्छेको मृत्युसम्म भएको समाचारमा धेरै चोटि सुन्नु भएको होला । कहिलेकाँही, फोन चार्ज गरिरहेको बेलामा फोन प्रयोग गर्नु घातक साबित हुन्छ।

हालसालै अछाममा पनि चार्जमा राखेको मोबाइलबाट आगो लागेर एक युवतीको मृत्यु भयो। त्यसमा चार्जमा राखेको मोबाइलमा भिडियो हेरिरहेको बेलामा सो घट्ना भएको थियो ।

त्यसैले कस्तो समयमा मोबाइल प्रयोग नगर्ने भन्ने केहि जानकारी दिन चाहन्छौं ।

ब्याट्री चार्ज गर्दा यी कुराहरु नगर्नुहोस्- मोबाइल ब्याट्री चार्ज गर्दा तपाईले फोनमा कुरा गर्नु हुँदैन, खेल खेल्न र संगीत सुन्ने लगायतका काम गर्न हुँदैन् । यसबाट तपाईँले फोनको साथ तपाईं आफैंलाई पनि जोखिममा पार्दै हुनुहुन्छ। त्यसकारण हामी तपाईंलाई फोन चार्ज गरेको बेला फोन कहिल्यै नचलाउन सल्लाह दिन्छौं।

यसरी फोन कहिल्यै प्रयोग नगर्नुहोस्-

  • तपाईँको तकिया मुनि फोन कहिल्यै नराख्नुहोस्।
  • फोनमा कहिले पनि लोकल र ग्यारेन्टी नभएको ब्याट्री प्रयोग नगर्नुहोस्।
  • राती चार्जिंगमा फोन कहिल्यै नराख्नुहोस, ओभर चार्जिंगले ब्याट्री पड्किने समस्या निम्त्याउन सक्छ ।
  • यदि फोन निकै तातेको छ भने, तुरून्त तपाई फोन प्रयोग गर्न रोक्नुहोस्।
  • फोनको सेटिंग्समा जानुहोस् र ब्याट्री अधिक प्रयोग गर्ने एपहरू बन्द गर्नुहोस्।

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...