अब डिशहोम रिचार्ज गर्दा सित्तैंमा इन्टरनेट

  • Technology Khabar | १३ चैत्र २०७७, शुक्रबार
अब डिशहोम रिचार्ज गर्दा सित्तैंमा इन्टरनेट

काठमाडौं ।

अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएसको इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनीका अनुसार डिशहोम फाइबरनेट उपलब्ध भएका क्षेत्रका डिशहोमका ग्राहकहरुले यो अफर प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत डिशहोमकोे त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएसको इन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

यस बाहेक ग्राहकहरुले इन्टरनेट सेवासँगै आफ्नै मोबाइलमा DISHHOME GO एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै VOD मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार DISHHOME WEB GO मार्फत डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरु हेर्न सक्ने साथै अतिरिक्त शुल्क नतिरी XVOD मार्फत पनि विभिन्न कार्यक्रम हेर्न सकिनेछ।

डिशहोम फाइबरनेटले हाल बजारमा १० २५ र ४० एमबीपीएसका इन्टरनेट प्याकेजहरु उपलब्ध गराएको छ।

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...