सिद्धार्थ बैंकको ‘ई-कम’ कार्ड सेवा शुरु, विदेशबाट अनलाइन किनमेलमा भुक्तानी गर्न पाइने

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
सिद्धार्थ बैंकको ‘ई-कम’ कार्ड सेवा शुरु, विदेशबाट अनलाइन किनमेलमा भुक्तानी गर्न पाइने

काठमाडौं ।

सिद्धार्थ बैंकले ईकम कार्ड शुक्रबारदेखि सुरु गर्ने भएको छ। विदेशी मुद्राको भुक्तानी गर्न सहज बनाउने उद्देश्यले यो कार्ड सेवा सुरु गर्न लागेको हो।

यो सुविधापछि ग्राहकले रुपैयाँलाई अमेरिकी डलर ५ सय वा सो बराबरको अन्य विदेशी मुद्राको सटही गरेर उक्त कार्डमार्फत् नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्छन्।

कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान केवाइसी विवरण अद्यावधिक गरेको हुनुपर्छ। साथै प्यान नम्बर लिएको हुनुपर्नेछ।

प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्तित मुद्रा जम्मा गर्न सक्छन्।

यो सुविधाले सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढी सुविधाजनक बनाउने र बैंकिङ प्रणाली झनै प्रभावकारी र ग्राहकमैत्री बनाउने बैंकको विश्वास छ।

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार