चिपमेकर क्वालकमले निन्टेन्डो स्विच जस्तै आफ्नै गेम कन्सोल ल्याउने तयारी गर्दै

  • Technology Khabar | ११ चैत्र २०७७, बुधबार
चिपमेकर क्वालकमले निन्टेन्डो स्विच जस्तै आफ्नै गेम कन्सोल ल्याउने तयारी गर्दै

काठमाडौं ।

कम्प्युटिङ्ग जायन्ट क्वालकमले निन्टेन्डो स्विच जस्तै आफ्नै गेम कन्सोलमा काम गरिरहेको रिपोर्ट बाहिर आएको छ।

यो २०२२ को पहिलो क्वाटरमा क्वालकम स्न्यापड्रागन चिपसेट प्रयोग गरी एन्ड्रोइड १२ पावर्ड कन्सोल सुरू गर्न सक्ने एन्ड्रोइड पुलिसले स्रोतहरुलाई उदृत गर्दै तथा अप्रकाशित ड्राफ्ट इमेजको आधारमा उल्लेख गरेको छ ।

कन्सोल स्विच छुट्ट्याउन योग्य कन्ट्रोलरहरुका साथमा आउनेछ भने ६,००० एमएएचको ब्याट्रीका साथ फास्ट चार्ज, ५जी क्षमता र एउटा एसडी कार्ड स्लटसहित हुनेछ  । त्यस्तै यो गुगलको प्ले स्टोरमा जोडिने रिपोर्टमा भनिएको छ।

एन्ड्रोइड पुलिसका अनुसार कन्सोलको मूल्य करीव ३०० अमेरिकी डलर हुनेछ।

क्वालकम हाईइण्ड फोनहरुमा प्रयोग हुने मोबाइल चिपसेटहरू विकास गर्नका लागि परिचित छ।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ११ चैत्र २०७७, बुधबार