गुगल पिक्सेल ६ मा अन्डरडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर आउने सम्भावना

  • Technology Khabar | ९ चैत्र २०७७, सोमबार
गुगल पिक्सेल ६ मा अन्डरडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर आउने सम्भावना

काठमाडौं ।

एन्ड्रोइड १२ को बिटा भर्जनले हालै गुगल पिक्सेल ६ मा अन्डरडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहन सक्ने खुलासा गरेको छ।

टेक राडारमा आएको रिपोर्ट अनुसार एक डेभलपरले दोस्रो एन्ड्रोइड १२ डेभलपर प्रिभ्यूमा ‘यूडीएफपीएसकन्ट्रोलरगुगल’ देखेका थिए। ‘यूडीएफपीएस’ को अर्थ अन्डरडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर भन्ने बुझिन्छ।

यसले यो फिचर सामान्यतया एन्ड्रोइडले सपोर्ट गर्ने भन्दा पनि पिक्सेल फोनका लागि नै डेभलप गरिँदै गरेको पनि बुझाउँछ।

कम्पनीले आधिकारिक रुपमा यसको बारेमा खुलासा नगर पनि एन्ड्रोइड १२ मा समावेश भएको फिचर हुनाले यो फिचर आउँदै गरेको पिक्सेल ६ मा देख्न सकिने प्रबल सम्भावना छ।

यसअघि आएका केही रिपोर्ट हरुले पिक्सेल ६ मा डिभाइस अनलक गर्नका लागि इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र फेस रिकग्निशन प्रयोग हुने बताए पनि त्यसबारे केही विवरण आएको छैन।

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • ९ चैत्र २०७७, सोमबार