विण्डोज १० मा आधारित एसरको चारवटा फोनहरु आउँदै

  • Technology Khabar | १५ श्रावण २०७२, शुक्रबार
विण्डोज १० मा आधारित एसरको चारवटा फोनहरु आउँदै

काठमाडौं ।

काठमाडौं, १५ साउन । एसरले विण्डोजमा आधारित चारवटा स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एसले यहि वर्ष जर्मनीको बर्लिनमा सेप्टेम्बरमा आयोजना हुने आईएफए २०१५ कन्फ्रेन्समा नयाँ विण्डोज फोनहरु सार्वजनिक गर्न लागेको हो । यसको बारेमा जर्मनको एक वेबसाइट वीनफ्यूचरका सम्पादक रोल्याण्ड क्वान्टले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

हालसम्म यो स्मार्टफोनको बारेमा कुनै जानकारीहरु आएका छैनन् । यो स्मार्टफोन वासिंगटनमा आधारित कम्पनी रेडमण्डको प्रोसेसरमा आधारित हुने र विण्डोज १० मा संचालित स्मार्टफोन हुने अनुमान मात्र गरिएको छ ।

विण्डोज १० को मोबाइल भर्सनको बारेमा कुरा गर्दा, माइक्रोसफ्टका एक कार्यकारी एन्थोनी डोहेर्ट, जो  दक्षिण अफ्रीकामा विण्डोज एण्ड सर्फेस बिजनेस ग्रुप लिडमा कार्यरत रहेका छन्, उनका अनुसार हालै जुलाई २९ तारिखमा सार्वजनिक गरिएको अपरेटिंग सिष्टम मोबाइलका लागि नोभेम्बरको टाइमफ्रेम तोकिएको छ ।

प्रकाशित: १५ श्रावण २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...