अब फेसबुकले पनि ‘फिजिकल सेक्युरिटी की’ मार्फत् टु फ्याक्टर अथेन्टिकेशन सपोर्ट गर्ने

  • Technology Khabar | ७ चैत्र २०७७, शनिबार
अब फेसबुकले पनि ‘फिजिकल सेक्युरिटी की’ मार्फत् टु फ्याक्टर अथेन्टिकेशन सपोर्ट गर्ने

काठमाडौं ।

आईफोन प्रयोगकर्ताहरुले सेक्युरिटी की को माध्यमबाट फेसबुकमा टु फ्याक्टर अथेन्टिकेशन फिचर प्रयोग गर्न सक्ने भएका छन्।

कम्पनीले आज यस्तो फिचरबारे जानकारी दिँदै यसबाट प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्ट अझ सुरक्षित गर्ने अवसर पाउने जनाएको छ।

फिजिकल सेक्युरिटी की साना डिभाइस हुन् जुन हाम्रो की चेन मा पनि अटाउँछन् । यदि कसैले तपाईँको फेसबुक एक्सेस गर्न खोज्यो भने यिनीहरुमा नोटिफिकेशन आउँछ।

फेसबुकले एकाउन्ट होल्डरसँग नै उक्त डिभाइस रहेको र ह्याकरहरुको हात नलागेको पक्का गर्न यस्तो नोटिफिकेशन पठाउनेछ।

सन् २०१७ देखि फेसबुकले डेस्कटप कम्प्युटरमा लग इन गर्नका लागि फिजिकल सेक्युरिटी की सपोर्ट गर्दै आएको थियो भने यही फिचर अब मोबाइलका लागि ल्याउन लागेको हो।

कम्पनीका अनुसार एक पटक टु फ्याक्टर अथेन्टिकेशन सेट गरेपछि प्रत्येक पटक नयाँ ठाउँ र डिभाइसबाट उक्त एकाउन्ट लग इन गर्न खोज्दा त्यसले सुरक्षाका लागि पासवर्ड, एसएमएस कोड वा अथेन्टिकेटर एपको पासवर्ड माग्दछ। यसो हुँदा एकाउन्ट होल्डरबाहेक अरुले लग इन गर्न सक्दैन।

फेसबुकले एकाउन्टमा सुरक्षा खतरा हुने राजनीतिज्ञ, पत्रकार, मानव अधिकारकर्मी  तथा सेलिब्रिटी लगायतलाई यस्तो भैतिक सुरक्षा यन्त्र प्रयोगमा ल्याउन प्रोत्साहन पनि गरेको छ।

प्रकाशित: ७ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ७ चैत्र २०७७, शनिबार