एप्पलले आउँदो महिना ११ र १२.९ इञ्चका आईप्याड प्रो सार्वजनिक गर्ने

  • Technology Khabar | ६ चैत्र २०७७, शुक्रबार
एप्पलले आउँदो महिना ११ र १२.९ इञ्चका आईप्याड प्रो सार्वजनिक गर्ने

काठमाडौं ।

ठूला स्क्रीन भएका डिभाइसहरुको बढ्दो मागका कारण एप्पलले आउँदो महिना नयाँ आईप्याड प्रो सार्वजनिक गर्ने भएको छ।

विश्लेषक मिङ चि कुओले ब्लूमबर्गमा बुधबार अनुसार प्रकाशित गरेको एक रिपोर्टका अनुसार कम्पनीले अब आउने डिभाइसमा सुधारिएको प्रोसेसर तथा क्यामरा प्रयोग गर्नेछ। त्यसबाहेक डिस्प्ले पनि एलसीडीबाट एलईडीमा अपग्रेड हुनेछ।

ब्लूमबर्गको बुधबारको त्यही रिपोर्टमा अब आउने दुई नयाँ ट्याब्लेट क्रमश: ११ र १२.९ इन्चमा आउने बताइएको थियो भने आज कुओले त्यसैलाई पुष्टि पनि गरेका छन्।

एप्पलले आईप्याडको डिस्प्ले ओएलईडी बनाउने तर यसका लागि अर्को वर्षसम्म कुर्नुपर्नेछ।

उनको रिपोर्टका अनुसार कम्पनीले अब आउने म्याकबुक एअर नोटबुकमा प्रयोग गरिने मिनि एलईडी प्यानलका लागि राम्रै लगानी गरिरहेको छ।

सस्तो आईप्याड एअर ट्याब्लेटमा पनि सन् २०२२ को उत्तरार्धमा नयाँ प्यानल दिइनेछ।कुओका अनुसार मिनि एलईडीयुक्त आईप्याड प्रोको उत्पादन आउँदो महिना सुरु हुनेछ तर मिनि एलईडीयुक्त म्याकबुक प्रोका लागि भने यस वर्षको उत्तरार्ध कुर्नुपर्ने हुन्छ।

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार