एलन मस्क तथा बिल गेट्स जस्ता हस्तीहरुको ट्विटर ह्याक गर्ने १७ वर्षीय किशोर पक्राउ

  • Technology Khabar | ५ चैत्र २०७७, बिहीबार
एलन मस्क तथा बिल गेट्स जस्ता हस्तीहरुको ट्विटर ह्याक गर्ने १७ वर्षीय किशोर पक्राउ

काठमाडौं ।

अमेरिकाका एक किशोर थुप्रै उच्च पदस्थ व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक गरेको आरोपमा पक्राउ परेका छन्।

ठूलो बिटक्वाइन घोटाला काण्डमा ती १७ वर्षीय ह्याकरले किम कार्दाशियन, कान्ये वेस्ट, एलन मस्क, बिल गेट्स तथा बाराक ओबामाका ट्विटर एकाउन्ट ह्याक गरेका थिए।

ग्राहम इभान क्लार्क नामका ती किशोरले गएङ्को वर्ष १७ वर्षको उमेरका यी हस्तीहरुका ट्विटर एकाउन्ट ह्याक गरेका थिए। अहिले उनी १८ वर्षका भएका छन्।

फ्लोरिडाको एउटा अदालतले उनलाई यो कसूरका लागि ३ वर्षको जेल सजाय हुन सक्ने बताएको छ। तर गत वर्ष नै उनले यसका लागि २२९ दिन जेल बसिसकेकाले ती दिनहरु घटाइने बुझिएको छ।

स्थनीय सञ्चारमाध्यम टेम्पा बे टाइम्सका अनुसार गत वर्ष नाबालिग नै भएका बेला कसूर गरेकोले अहिले १८ वर्षकै भए पनि उनलाई नाबालिग कसुरदारका रुपमा लिइनेछ र यस अन्तर्गत उनले आफ्नो सजायको केही अंश बूट क्याम्पमा पनि काट्न सक्नेछन्।

सजायका बेला क्लार्कले अनुमति बिना वा न्यायालयका अधिकारीको निगरानी बिना कम्प्युटर चलाउन पाउनेछैनन्।

यस्तो थियो काण्ड

गत वर्ष जुन १५ मा भएको उक्त ह्याकमा उनले विभिन्न सेलिब्रिटीहरुको एकाउन्ट नियन्त्रणमा लिएर तिनीहरुका फलोअरहरुलाई कोरोना भाइरस राहत योजनाका लागि बिटक्वाइन योगदान गर्न आग्रह गरेका थिए। ‘सबैले मलाई फिर्ता देउ भनिरहेका छन्’, बिल गेट्सको एकाउन्टबाट पठाइएङ्को मेसेजमा उल्लेख छ, ‘मलाई तपाईँहरु १ हजार डलर पठाउनुस्, म तपाईँहरुलाई २ हजार डलर फिर्ता गर्नेछु।’

यो ट्वीटपछि १ लाख १७ हजार डलर बराबरको क्रिप्टोकरेन्सी संकलन भएको थियो। क्लार्कका अनुसार संकलित रकम पीडितहरुलाई फिर्ता गरिसकिएको छ।

यो योजना सफल पार्न कम्पनीका नेटवर्कमा पहुँच पुर्याउनुपर्ने भएकाले क्लार्कले ट्विटर कार्यालयकै एउटा कर्मचारी नक्कल गरेका र अन्य दुई ह्याकरको सहायता पनि लिएका बताइएको छ।

प्रकाशित: ५ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ५ चैत्र २०७७, बिहीबार