मोबाइल वालेटबाट हुने कारोबार संख्या एक करोड नाघ्यो

  • Technology Khabar | ३ चैत्र २०७७, मंगलवार
मोबाइल वालेटबाट हुने कारोबार संख्या एक करोड नाघ्यो

काठमाडौं ।

नेपालमा मोबाइल वालेट मार्फत् कारोबार गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार गएको फागुन महिनामा मात्र मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ५ लाख १६ हजार ५९९ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात्  माघ महिनाको तुलनामा कुल कारोबारभन्दा ६ लाख २६ हजार ७८ ले बढी हो।

स्मार्टफोनको उल्लेख्य प्रयोग तथा मानिसहरुले विद्युतीय कारोबारलाई दिन प्रतिदिन आत्मसात् गर्दै जान थालेपछि यस्ता कारोबार संख्या र कारोबार रकम बढ्न थालेका हुन्।

फागुन महिनाभरी गरिएको कारोबार संख्या बढेसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ।

माघ महिनामा मोबाइल वालेटमार्फत् ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा फागुनमा यो रकम बढेर ९ अर्ब ९४ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो रकम माघ महिनाको भन्दा २९ करोड २० लाख रुपैयाँले बढी हो।

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार