फाइभजी सेवा परीक्षणको बाटो खुल्यो, फ्रिक्वेन्सी उपलब्ध गराउने समितिको निर्णय

  • Technology Khabar | ३ चैत्र २०७७, मंगलवार
फाइभजी सेवा परीक्षणको बाटो खुल्यो, फ्रिक्वेन्सी उपलब्ध गराउने समितिको निर्णय
सांकेतिक तस्वीर

काठमाडौं ।

सरकारले नेपालमा फाइभजी सेवा परीक्षणको बाटो खुला गरेको छ ।

हालै बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले फाइभजी सेवा परीक्षणको निर्णय गरेको हो ।

गरिएको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयार पार्न  आज आयोजना गरिएको बैठकमा  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

सो छलफल कार्यक्रममा मन्त्री गुरुङले फाइभजी सेवा परीक्षण गर्न फ्रिक्वेन्सी दिने निर्णय भएको जानकारी दिएका हुन् ।

‘मन्त्री ज्यूले फाइभजी सेवा परीक्षणको लागि खुला गर्ने निर्णय भर्खरै गरेर आएको बताउनुभयो,’ एक सहभागीले बताए, ‘उहाँले एकीकृत फ्रिक्वेन्सी रणनीति समेत बनाउँदै गरेको जानकारी दिनुभयो ।’

यसअघि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको सिफारिसको आधारमा समितिको गत शुक्रबार बसेको बैठकले फाइभजी सेवा परीक्षणको निर्णय गरेको हो।

प्राधिकरणले फाइभजीका लागि फ्रिक्वेन्सी ब्याण्ड समेत छुट्याएर सिफारिस गरेको थियो। जसअनुसार समितिले सो बारेमा निर्णय गर्नका लागि नै २ पटक बैठक बसेको थियो ।

यस्तो छ फाईभजी सेवाको लागि दूरसञ्चार प्राधिकरणले प्रस्ताव गरेको फ्रिक्वेन्सी रेन्जहरु

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ३ चैत्र २०७७, मंगलवार