फेसबुकले मिडिया टाइकुन मर्डोकको न्युज कर्प अष्ट्रेलियालाई कन्टेन्टको लागि रकम तिर्ने

  • Technology Khabar | ३ चैत्र २०७७, मंगलवार
फेसबुकले मिडिया टाइकुन मर्डोकको न्युज कर्प अष्ट्रेलियालाई कन्टेन्टको लागि रकम तिर्ने

काठमाडौं ।

सोशल मिडिया कम्पनी फेसबुकले रुपर्ट मर्डोकको न्युज कर्प अष्ट्रेलियालाई स्थानीय मास्टहेड्सबाट हुने पत्रकारिताका लागि भुक्तान गर्न राजी भएको छ।

अष्ट्रेलियाले टेक प्लेटफर्मलाई समाचार सामग्रीको लागि भुक्तानी गर्ने उद्देश्यले विवादास्पद विश्वको पहिलो कानून पारित गरेको केही हप्ता पछि यो डिल गरिएको बीबीसीले उल्लेख गरेको छ।

न्यूज कर्पले अष्ट्रेलियामा तीन बर्षे सम्झौताको मूल्य भने खुलाएको छैन। यसअघि गत महिना, यस्तै सम्झौता गुगलसंग एक वैश्विक सम्झौताअन्तरगत भएको थियो ।।

मर्डोकको मिडिया साम्राज्य उनको अष्ट्रेलियाली अखबारबाट शुरू भएको हो।

सम्झौताले अष्ट्रेलियाको न्यूज कर्पका सबै सामग्री समेट्छ, जुन एक महत्त्वपूर्ण रकम हो।

न्यूज कर्प अष्ट्रेलियाले अष्ट्रेलिया, द डेली टेलिग्राफ र द हेराल्ड सन लगायतका मास्टहेडहरूसहित अष्ट्रेलियामा करिब अखबारको ७० प्रतिशत समाचार बितरण नियन्त्रण गर्छ। न्यूज डट कम डट एयू पनि यसको स्वामित्वमा छ ।

सो कम्पनीले अष्ट्रेलियामा स्काई न्यूज अष्ट्रेलियाको टिभी नेटवर्क समेत संचालन गर्दछ ।

न्यूज कर्पले अष्ट्रेलिया बाहेक अमेरिकामा फेसबुकसँग छुट्टै सम्झौता समेत गरेको छ ।

फेब्रुअरी महिनामा अष्ट्रेलियाको सरकारले समाचार सामग्रीहरु प्रयोग तथा शेयर गरे बापत टेक कम्पनीहरुले मिडियालाई रकम तिर्नुपर्ने कानून ल्याएको थियो ।

जसको शुरुवातमा फेसबुक र गुगल लगायतले चर्को विरोध गरेका थिए । तर पछि सहजीकर‌णपछि सम्झौता गर्न सहमत भएका थिए ।

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार