
काठमाडौं ।
अमेरिकी इलेक्ट्रिक कार निर्माता टेस्ला इंकले भारतमा निर्माण इकाई कर्नाटकमा हुनेगरि दर्ता गरेको छ। टेस्ला इंकले चाँडै आफ्नो मोडेल ३ इलेक्ट्रिक कार भारतमा शुरु गर्न लागेको छ।
तर यस भन्दा अघि टेस्लाले भारतमा विद्युतीय सवारी साधनहरूको लागि चार्जिंग प्वाइन्टको पूर्वाधारलाई अझ मजबुत बनाउन चाहेकोछ। एक एक रिपोर्ट अनुसार टेस्ला यसको लागि टाटा पावरसँग वार्तामा छ। जसबाट भारतमा विद्युतीय सवारी साधनहरूको लागि चार्जिंग पूर्वाधारलाई सुदृढ गर्न सकिन्छ।
तर यस समाचारको बारेमा टाटा मोटर्सले भने खण्डन गरेको थियो । जसको बारेमा कुनै औपचारिकरुपमा जानकारीहरु आएका छैनन् । एजेन्सीका साथ
प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार