माइक्रोसफ्टले फिर्ता लियो क्वान्टम कम्प्युटिङसम्बन्धी शोधपत्र, दावी गलत भएको स्पष्टोक्ति

  • Technology Khabar | २७ फाल्गुन २०७७, बिहीबार
माइक्रोसफ्टले फिर्ता लियो क्वान्टम कम्प्युटिङसम्बन्धी शोधपत्र, दावी गलत भएको स्पष्टोक्ति

काठमाडौं ।

सन् २०१८ मा प्रकाशित क्वान्टम कम्प्युटिङसम्बन्धी विवादास्पद शोधपत्र माइक्रोसफ्टको नेतृत्व गरेको टोलीले फिर्ता ल्याएको छ। उक्त अनुसन्धानमा माइक्रोसफ्टले सुझाएको सूक्ष्म अपारमाणविक कणले अहिलेभन्दा अझ शक्तिशाली कम्प्युटरको विकासमा सहयोग पुर्याउने प्रमाण भेटिएको दावी गरिएको थियो।

तर हाल आएर माइक्रोसफ्टले उक्त दावीमा गल्ती भएको बताएको बीबीसीले उल्लेख गरेको छ।

नेचर नामको उक्त जर्नलमा उक्त शोधपत्र फिर्ता गरिएको छापिएको थियो भने त्यसका लेखकहरुले ‘अपर्याप्त वैज्ञानिक लगनशीलता’ का लागि क्षमा याचना पनि गरेका छन्।

तर कम्पनीले क्वान्टम कम्प्युटिङका क्षेत्रमा आफ्ना चोतर्फी प्रयासका मामलामा भने आत्मविश्वासी रहेको बताएको छ।

प्रकाशित हुँदा उक्त पत्रलाई ठूलो ब्रेकथ्रू का रुपमा लिइएको थियो। तर केही वैज्ञानिकहरुले भने अझै शंकाकै दृष्टिले हेरिरहेका थिए।

अहिले उक्त शोधपत्रमा दुई वटा मुख्य गल्ती भेटिएको अनुसन्धाताहरुले बताएका छन्:

१. केही तथ्याङ्कहरु अनावश्यक रुपले सच्याइएका र तिनीहरुका बारेमा स्पष्ट नपारिएको

२. रेखाचित्रका संकेतहरु गलत राखेर त्यसको अर्थ अर्कै निस्कने बनाएको

रिट्र्याक्शन वाच नामक अनुगमन संस्थाका अनुसार नेचर जर्नलमा सन् १८६९ देखि प्रकाशित भएकामध्ये हालसम्म ७९ वटा शोधपत्रहरु रिट्र्याक्ट गरिएका (फिर्ता लगिएका) छन्। यीमध्ये ८ वटा गएको वर्षमात्रै रिट्र्याक्ट गरिएका थिए।

 

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार