एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालन

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालन

काठमाडौं ।

एन आई सी एशिया बैंकका ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे अन्तर्गतका भिसा तथा मास्टरकार्ड प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्।

यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको साइबरसोर्स पेमेन्ट गेटवेमा आवद्ध भएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्ने छन्।

एप्पल पे र गुगल पे विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्। जसमा अन्तर्राष्ट्रिय ग्राहक महानुभावहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नु पर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई एप्पल र गुगल एन्ड्रोइड मोबाइलमा टोकनाइज गरेर सरल तरिकाबाट भुक्तानी गर्न सकिन्छ।

कम्पनीका अनुसार यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहक महानुभावहरुले बैंकको ई–कमर्स पेमेन्ट गेटवे साइबरसोर्समा आवद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरुबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सकिने छ।

यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित पेमेन्ट एक्समिरेन्स सुविधा प्रदान गर्न सहयोग पुऱ्याउनेछ। विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई(कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ।

नेपालमै पहिलो पटक शुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहक महानुभावहरुको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने विश्वास लिएको बैंकले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार