नेपाल टेलिकमको सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक पदको निर्वाचन तालिका यस्तो छ

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

नेपाल टेलिकमको सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक पदको निर्वाचन तालिका यस्तो छ
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले आफ्नो तेह्रौ वार्षिक साधारण सभाको अवसरमा गर्न लागेको सर्वसाधारण शेयरधनीतर्फको संचालक पदको निर्वाचनको तालिका प्रकाशित गरेको छ।

सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले आज निर्वाचन तालिका प्रकाशित गर्दै समुह ग अर्थात सर्वसाधारण तर्फको संचालक पदको निर्वाचन हुने बिस्तृत जानकारी दिएको छ।

आउँदो चैत १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा नेपाल टेलिकमको साधारण सभा आयोजना हुँदै छ । सोहि सभाबाट नयाँ संचालक छनौट हुनेछ ।

मंगलबार मात्र नेपाल टेलिकमको सर्वसाधारणतर्फबाट संचालक पदमा लगानीकर्ता तथा चन्द्रागिरी हिल्सका निर्देशक अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

यो पनि हेर्नुस्-

टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी घोषणा

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया