ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट बिक्री हुँदै, अक्सन मूल्य ३ करोड रुपैयाँ नाध्यो

  • Technology Khabar | २३ फाल्गुन २०७७, आईतवार
ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट बिक्री हुँदै, अक्सन मूल्य ३ करोड रुपैयाँ नाध्यो

काठमाडौं ।

माइक्रो ब्लगिङ्ग साइट ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट अब बिक्रीको लागि तयार छ। ज्याक डोर्सीले आफ्नो ट्वीट लिलामी गर्ने घोषणा गरेका छन्।

डोर्सीले शनिवार घोषणा गरेकि उनको मार्च २१, २००६ को पहिलो ट्वीट क्रिप्टोकरेन्सीको रूपमा बेचिनेछ।

डोर्सीको ट्वीट किन्नका लागि हालसम्म २ लाख ६७ हजार डलर अर्थात करिब ३ करोड २० लाख रुपैयाँको बोली लागिसकेको छ।

स्मरण रहोस डोर्सीको १५ साल पुराना ट्वीट सोशल मीडिया प्लेटफर्ममा हालसम्मकै सबैभन्दा प्रसिद्ध ट्वीट्स मध्ये एक हो र यो डिजिटल मेंमोरीका लागि उच्च मूल्य तिर्नका लागि बोली लगाउनेहरुलाई आकर्षित गर्न सक्नेछ । ट्वीटको उच्चतम बोली शनिवार १ लाख डलर रहेको थियो ।

ज्याक डोर्सीको पहिलो ट्वीट मार्च २२, २००६ मा गरिएको थियो। यसमा, डोर्सीले ट्वीट पोस्ट गरेका थिए- मेरो ट्विटर स्थापना गर्दै (“just setting up my twttr”) । डोर्सीले शनिबार एउटा लिंक ट्वीट गरेका छन जसमा ट्वीट किन्न बिडिंग प्रक्रिया चलिरहेको थियो। भ्याल्यूएबल्सको अनुसार, तपाईंले जे खरीद गर्दै हुनुहुन्छ यो ट्वीटको डिजिटल प्रमाणपत्र हो। यो अद्वितीय हो किनकि यसमा निर्माता द्वारा प्रमाणित र हस्ताक्षर गरिएको छ। एजेन्सीका साथमा

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार