शाओमीले ५ मिनेटमा बेच्यो के४० सिरिजका ३ लाख स्मार्टफोन

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
शाओमीले ५ मिनेटमा बेच्यो के४० सिरिजका ३ लाख स्मार्टफोन

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले ५ मिनेटमा रेडमी के४० सिरिजका ३ लाख थान स्मार्टफोन बेचेको छ।

कम्पनीले आफ्नो विबो प्रोफाइलमा आजको फ्ल्याश सेल अन्तर्गत ५ मिनेटभित्र ३ लाख फोन बिक्री भएको र अर्को फ्ल्याश सेल आगामी मार्च ८ का लागि तय भएको जानकारी गराएको छ। गत महिना सार्वजनिक भएको रेडमी के४० सिरिजको यो पहिलो फ्ल्याश सेल हो।

यसरी बिक्री भएकामा के४० सिरिजका तीन वटै भर्जन के४०, के४० प्रो, के४० प्रो प्लसका सबै स्टोरेज क्षमताका स्मार्टफोनहरु परेका छन्। यस बाहेक के४० सिरिजमा उपलब्ध सबै रंगहरु ब्ल्याक व्हाइट र औरोरा मा उपलब्ध मोबाइल सेटहरु रहेका कम्पनीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार