उप निर्देशक सन्दिप अधिकारी दूरसञ्चार प्राधिकरणको उत्कृष्ट कर्मचारी घोषित

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
उप निर्देशक सन्दिप अधिकारी दूरसञ्चार प्राधिकरणको उत्कृष्ट कर्मचारी घोषित

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसरमा उप निर्देशक सन्दिप अधिकारी वर्षकै उत्कृष्ट कर्मचारी घोषित भएका छन् ।

उनलाई यो वर्ष २०७७ को उत्कृष्ट कर्मचारी घोषित गर्दै दूरसञ्चार प्राधिकरणले प्रशंसापत्र र नगदसहित पुरस्कृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्राधिकरणको २३औं वार्षिकोत्सवको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरे।

उनले कोरोनाभाइरसको महामारीले देशभर भएको लकडाउन र त्रासका बिच कार्यालय सञ्चालन र दूरसञ्चार सेवा प्रदायकहरुलाई सहजीकरण गरेको कारण सम्मानित गरिएको जानकारी दिईयो।

अधिकारीले प्राधिकरण कर्मचारीहरुको सेवाको शर्तसम्बन्धि विनियमावली २०७६ को विनियम १७८ अनुसार प्रशंसापत्र, रु १० हजार नगद तथा २ ग्रेड थपसहित पुरस्कार प्राप्त गरेका छन्।

उनले दूरसञ्चार प्राधिकरणमा सूचना अधिकारीको जिम्मेवारी समेत निर्वाह गर्दै आएका छन् ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार