चिनियाँ मोटरसाइकल हाउजेको सातौं शोरुम चाबहिलमा खुल्ने

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
चिनियाँ मोटरसाइकल हाउजेको सातौं शोरुम चाबहिलमा खुल्ने

काठमाडौं ।

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ।

सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् ।

एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन्।

रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलरमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टससमेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।

हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ । बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ।

यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । नगदमार्फत खरिद गर्न चाहने ग्राहकले सिधै १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो सुविधा समेत उपलब्ध छ। त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा हाउजेको सोरुम उपलब्ध छ । त्यसैगरी काठमाडौं उपत्यकाको टेकु र नयाँ बजारमा हाउजेको सोरुम छ । उपत्यका वाहिर चितवन, हेटौडा र संखुवासभामा यसको सोरुम उपलब्ध छन्।

यहि क्रममा सातौं शोरुमको रुपमा यहि शुक्रबार २१ गते दिनको २ बजे काठमाडौंको चाबहिलको होटेल हयात अगाडी बाइक पस प्रालि नामक नयाँ शोरुम उदघाटन हुने कुरा हाउजेको बिजनेश हेड प्रमिला खत्रीले जानकारी दिईन्।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...