सामसङ ग्यालेक्सी ए१२ नेपाली बजारमा आउँदै, यस्ता छन् फोनका विशेषताहरु

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
सामसङ ग्यालेक्सी ए१२ नेपाली बजारमा आउँदै, यस्ता छन् फोनका विशेषताहरु

काठमाडौं ।

सामसङको ग्यालेक्सी ए१२ स्मार्टफोन नेपाली बजारमा आउने भएको छ। नेपाली बजारमा सामसङ नेपालले मार्च महिनाको दोस्राे हप्तातिर सार्वजनिक गर्ने तयारी गरेकोछ।

एन्ड्रोइड १० अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोनको डिस्प्ले ६.५ इन्चको रहेको छ। मिडियाटेकको हेलियो पी३५ चिपसेट रहेको यस फोनमा पछाडिपट्टी ४ वटा (क्वाड) क्यामरा सेटअप रहेको छ।

तीमध्ये २६ एमएमको वाइड एङ्गल लेन्ससहितको मुख्य ४८ मेगापिक्सेलकाे क्यामरा रहेको छ। त्यसबाहेक एफ २.२ अपर्चर रहेको ५ मेगा पिक्सेलको अल्ट्रा वाइड एङ्गल तथा एफ २.४ अपर्चरसहितको म्याक्रो र एफ २.४ अपर्चरसहितकै डेप्थ सेन्सरसहितको क्यामरा लगाइएको छ।

सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा राखिएको छ।

यो ३ जीबी र्याम र ३२ जीबी रोम, ४ जीबी र्याम र ६४ जीबी रोम, ४ जीबी र्याम र १२८ जीबी रोम, ६ जीबी र्याम र १२८ जीबी रोममा उपलब्ध छ।

सामान्यतथा कालो, सेतो, नीलो र रातो रंगमा उत्पादित यो फोन नेपालमा कुन कुन रंग र कति मूल्यमा पाइने भन्ने आधिकारिक जानकारी आएको छैन।

यस बाहेक यस फोनमा ५ हजार एमएएचको ब्याट्री ब्याक अप दिइएको छ। अन्तरराष्ट्रिय बजारमा यसको ४ जीबी र्याम र ६४ जीबी रोम भर्जनको मूल्य १७५ डलर राखिएको छ। यस हिसाबले हेर्दा यसको मूल्य नेपालमा २० हजार रुपैयाँभन्दा माथि पर्न सक्छ।

त्यसै हिसाबले अन्य भर्जनको स्टोरेजका आधारमा मूल्य फरक हुने आकलन गर्न सकिन्छ।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार