१८ जीबी र्याम भएको विश्वकै पहिलो गेमिङ फोन ल्याउँदै असुस

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
१८ जीबी र्याम भएको विश्वकै पहिलो गेमिङ फोन ल्याउँदै असुस

काठमाडौं ।

अमेरिकी स्मार्टफोन कम्पनी असुसले १८ जीबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउने भएको छ। असुस रोग फोन ५ नाम गरेको यो डिभाइस एउटा गेमिङ फोन हुनेछ र यसमा क्वालकमको स्न्यापड्र्यागन ८८८ एसओसी प्रोसेसर लगाइएको हुनेछ।

कम्पनीले यो डिभाइसलाई १८ जीबी र्याम भएको विश्वकै पहिलो फोन भएको दावी गरेको छ।

मार्च १० मा सार्वजनिक हुने

सञ्चारमाध्यममा आएका जानकारी अनुसार यो फोन आगामी मार्च १० तारिखमा सार्वजनिक हुनेछ। कम्पनीले मार्च १० मा सार्वजनिक गरे पनि यो फोन भारत तथा नेपालमा कहिले आउँछ भन्ने टुंगो छैन। असुस रोग ५ मा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहनेछ भने यसलाई कम्पनीले पहिले निकालेको रोग फोन ३ को अपग्रेडेड भर्जनका रुपमा पनि लिइएको छ।

स्पेसिफिकेशन

यसमा उच्च रिफ्रेश रेट भएको ६।७ इन्चको डिस्प्ले रहन सक्नेछ। गेमिङ फोन भएकाले उच्च रिफ्रेश रेटका साथमा क्वालकमको अत्याधुनिक स्न्यापड्र्यागन ८८८ एसओसी चिपसेट दिइनेछ।

फोटोग्राफीका लागि६४ मेगापिक्सेलको ट्रिपल रियर क्यामरा सेटअप दिइनेछ। यसबाहेक यसमा ६५ वाटको फास्ट चार्जर पनि रहनेछ।

सञ्चारमाध्यममा आएका जानकारी अनुसार यसको मूल्य १ हजार देखि ११ सय डलर रहनेछ।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार