
काठमाडौं ।
इन्स्टाग्रामले हालै रिसेन्टली डिलिटेड (recently deleted) नामको नयाँ फिचरको घोषणा गरेको छ। यो फिचरले प्रयोगकर्ताकाे एकाउन्टबाट हालसालै डिलिट गरिएका पाेस्ट तथा भिडियाेहरु रिकभर गर्न सकिने कम्पनीले जनाएकाे छ।
इन्स्टाग्राम Recently Deleted फिचर प्रयाेग गर्नका लागि निम्न चरणहरु पार गर्नुपर्ने हुन्छ:
भेरिफिकेशन प्राेसेस
आफ्नाे एकाउन्टबाट ३० दिनभित्र डिलिट भएका फाेटाे तथा भिडियाेहरु रिकभर गर्नका लागि भेरिफिकेशनकाे प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
भेरिफिकेशनका लागि सबैभन्दा पहिले आफ्नाे इमेल आईडी हाल्नुपर्ने हुन्छ। कम्पनीका अनुसार यसाे गर्नुकाे मुख्य उद्देश्य तपाईँकाे एकाउन्ट ह्याकर अथवा अन्य व्यक्तिबाट सुरक्षित गराउनु हाे।
प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार