
काठमाडौं ।
ह्वाट्सएपको विशेषता यो हो कि यस एपमा निरन्तर नयाँ सुबिधाहरू थप भईरहेका छन् । पछिल्ला वर्षहरूमा, ह्वाट्सएपले च्याट अभिलेखहरू, ग्रुप म्युट गर्ने र महत्त्वपूर्ण सन्देशहरूलाई अलग राख्नको लागि सुबिधा प्रदान गरेको छ। अब, एक कदम अगाडी बढेर ह्वाट्सएपले अर्को आकर्षक र उपयोगी सुबिधा थप गरेको छ।
हो, यदि तपाईं ह्वाट्सएपमा आफैं च्याट गर्न चाहनुहुन्छ भने यो अब सम्भव भएको छ। हामी ह्वाट्सएपको यो नयाँ सुबिधा कसरी प्रयोग गर्न सक्छौं भनेर हामी तपाईंलाई यहाँ जानकारी दिनेछौं।
ह्वाट्सएपमा आफैंसँग कुराकानी गर्नुहोस्
आफैसँग कुराकानी गर्ने, यो सुन्दा अलि अनौठो लाग्दछ, तर यो सत्य हो। यस मार्फत प्रयोगकर्ताले धेरै महत्त्वपूर्ण फाइदा लिन सक्दछ। यस मार्फत तपाईं एक विशेष लिंक सेभ गर्न सक्नुहुनेछ। कुनै पनि प्रकारको कागजात, भिडियो वा तस्वीर जुन तपाईं भविष्यमा प्रयोग गर्न चाहानुहुन्छ, तपाईं आफैंलाई पठाउन सक्नुहुनेछ। यस फिचरमा तपाईँलाई गर्नुपर्ने कार्य र शपिङ्ग सूचीको विकल्प पनि पाउनुहुनेछ।
कसरी प्रयोग गर्ने ?
यसको लागि तपाईँले आफ्नो फोनको ब्राउजरमा जानु पर्छ। यस पछि एड्रेस बारमा wa.me// का साथमा तपाईंको फोन नम्बर टाइप गर्नुहोस्। फोन नम्बरको अगाडीमा देशको कोड नम्बर पनि लेख्नु आवश्यक पर्दछ। नेपालको कन्ट्रि कोड +९७७ हो ।
यदि तपाईं यो फोनबाटै गर्दै हुनुहुन्छ भने, त्यसपछि तपाईंको ह्वाट्सएप खुल्नेछ र तपाईंको नम्बर शीर्षमा देखिनेछ । साथै तपाईंको प्रोफाइल तस्वीर पनि देखिन्छ।
अब यसमा क्लिक गरी मेसेज बक्स खोल्नुहोस् र तपाईं आफैं च्याट गर्न तयार हुनुहोस्। तपाईंको नोटहरू यसमा सेभ गर्नुहोस्, फोटोहरू, भिडियोहरू पठाउनुहोस् वा कुनै आवश्यक लिंक सेभ गर्नुहोस्। यो विकल्प प्रयोगकर्ताहरूका लागि धेरै उपयोगी हुन सक्छ।
प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार