आईफोन १२ को लोकप्रियताका कारण एप्पल विश्व बजारमा नम्बर वान ब्राण्ड बन्न सफल

  • Technology Khabar | १२ फाल्गुन २०७७, बुधबार
आईफोन १२ को लोकप्रियताका कारण एप्पल विश्व बजारमा नम्बर वान ब्राण्ड बन्न सफल
आईफोन १२ र १२प्रो

काठमाडौं ।

टेक कम्पनी एप्पलले फेरि एकपटक विश्व बजारमा आफ्नो शक्ति फेरी स्थापित गरेको छ। २०१६ पछि पहिलोपटक, विश्व बजारमा शीर्ष कम्पनीहरु सामसङ र ह्वावेलाई पछाडि छोड्दै एप्पल पहिलो नम्बरमा रहन पुगेको हो।

कम्पनीले यसको हालै सार्वजनिक भएको आईफोन १२ सिरीजका कारण यसो गर्न सकेको हो। कम्पनीले गत वर्ष पहिलो पटक ५जी फोनहरू सुरुवात गर्‍यो, जुन प्रयोगकर्ताहरूलाई धेरै मनपर्‍यो।

सन् २०२० को अन्तिम तीन महिनामा, कम्पनीले आठ करोड भन्दा बढी फोन बेचेको छ जसको कारण कम्पनी विश्वको सबैभन्दा बढी फोन बिक्री गर्ने कम्पनी भएको छ।

एक रिपोर्टका अनुसार आईफोन १२ सीरीज बजारमा आउनु भन्दा अगाडि सामसङ विश्वको सबभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी थियो। यस बाहेक, ह्वावेका स्मार्टफोन बिक्रीमा पनि केहि समयको लागी गिरावट आएको छ। अमेरिकी सरकारले ह्वावेलाई प्रतिबन्ध लगाएको थियो र यस प्रतिबन्धको कारण कम्पनीको बिक्री ४० प्रतिशतभन्दा बढीले घटेको छ। यससँगै, ह्वावे विश्वको सबैभन्दा धेरै फोन बिक्री गर्ने कम्पनीको सूचीमा पाँचौं स्थानमा खस्कियो।

एप्पलको नयाँ आईफोन श्रृंखलाका कारण बिक्री बढेको छ। २०२० को अन्तिम तीन महिनामा फोन बिक्रीमा केवल ५ प्रतिशत मात्र गिरावट आएको थियो। उही समयमा, सामसङको बिक्री १२ प्रतिशतले घटेको थियो। भने सन् २०२० मा सामसङको बिक्री १५ प्रतिशतले गिरावट आएको छ। एजेन्सीका साथ

प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • १२ फाल्गुन २०७७, बुधबार