भारतीय स्टार्टअप सेयरच्याट किन्ने ट्विटरको चाहना, ‘मोज’ एपलाई टिकटकको प्रतिस्पर्धी बनाउने

  • Technology Khabar | १० फाल्गुन २०७७, सोमबार
भारतीय स्टार्टअप सेयरच्याट किन्ने ट्विटरको चाहना, ‘मोज’ एपलाई टिकटकको प्रतिस्पर्धी बनाउने

काठमाडौं ।

ट्विटरले हालै भारतीय सोशल मिडिया स्टार्टअप सेयरच्याटलाई हासिल गर्न वार्ता गरेको छ ।

कम्पनीले विश्वको दोस्रो ठूलो इन्टरनेट बजारमा आफ्नो उपस्थिति विस्तार गर्न र टिकटकमा वैश्विक प्रतिस्पर्धी निर्माण गर्ने तरिकाहरूका लागि कदम चालेको सो बारेमा परिचित तीन स्रोतलाई उदृत गर्दै टेकक्रन्चले रिपोर्ट गरेको छ।

रिपोर्टकाअनुसार भारतको बेगंलुरुस्थित सेयरच्याटमा अमेरिकी कम्पनीले यसअघि नै लगानी गरेको छ भने हाल ५ बर्षे भारतीय स्टार्टअपलाई १.१ अर्ब डलरमा किन्ने प्रस्ताव गरेको हो । यसका साथै थप ९० करोड अमेरिकी डलरको लगानी गर्ने प्रतिबद्धता गरेको छ।

लाइटस्पीड पार्टनर्स इन्डिया, एलिभेसन क्यापिटल, र इंडिया क्वोटिएन्टलगायतको सेयरच्याटले आजसम्म करिब २६० मिलियन डलर उठाएको छ।

सो वार्ता सम्झौतामा रुपान्तरण नभएको स्रोतलाई उदृत गर्दै बताईएको छ  ।

यसैगरि ट्विटरले सेयरच्याटको अधिनमा रहेको एक सर्ट फर्म भिडियो एपलाई विश्व बजारमा लाने चासो देखाएको छ जसलाई अन्तर्राष्ट्रिय बजारमा चिनियाँ एप टिकटकको प्रतिद्वन्द्वीको रुपमा विकास गरिनेछ।

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार