मास्टरकार्डले अब आफ्नो नेटवर्कमा क्रिप्टोकरेन्सी सपोर्ट गर्ने

  • Technology Khabar | ३० माघ २०७७, शुक्रबार

काठमाडौं ।

मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने भएको छ । कम्पनी पछिल्लो दिनमा क्रिप्टोकरेन्सी सपोर्ट गर्ने पछिल्लो पेमेन्ट कम्पनी भएको छ ।

केही दिन अघि मात्रै एलन मस्कको कम्पनी टेस्लाले १.५ बिलियन डलर बिटकोइन खरिद गरेपछि मास्टरकार्डले यस्तो घोषणा गरेको हो । सो बारेमा मास्टरकार्डका डिजिटल एसेट्स तथा ब्लकचेनका भिपी राज दामोदरणले एक ब्लग पोस्टमा सो बारेमा जानकारी दिएका छन् ।

‘यो एउटा ठूलो परिवर्तन हो जसलाई धेरै कामको आवश्यक पर्दछ। हामी कुन एसेट्सलाई समर्थन गर्छौं भन्ने बारेमा हामी धेरै सोच विचारित हुनेछौं,’ दामोदरण लेखे।

ब्ल्याक रक, स्क्वार र पेपल जस्ता भुक्तानी कम्पनीहरुले पनि हालैमा क्रिप्टोकरेन्सीहरुलाई आधिकारिक मान्न थालेका छन्।

मास्टरकार्डले पहिलेपनि कस्टमर कार्डमा क्रिप्टोकरेन्सी प्रयोग गरेर ट्रान्जेक्सन गर्न दिने गर्दथ्यो । तर यसमा नेटवर्कको प्रयोग भने अब मात्रै हुनेछ । मास्टरकार्डको अनुसार यस्तो गर्दा खरिदकर्ता र विक्रेताले नयाँ तरिकाबाट किनमेल गर्न सक्नेछन्।

तर मास्टरकार्डले सबै क्रिप्टोकरेन्सीलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्दैन् । क्रिप्टोकरेन्सीलाई अझै पनि पूर्ण रुपमा सबैले विश्वास गर्न सकेका छैनन् । यसमा पैसा मासिन सक्छ भन्ने डर धेरै जनामा रहेको छ।

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार