काठमाडौंका ३ स्थानमा स्मार्ट वाटर भेन्डिङ मेसिन संचालनमा

  • Technology Khabar | ३० माघ २०७७, शुक्रबार
काठमाडौंका ३ स्थानमा स्मार्ट वाटर भेन्डिङ मेसिन संचालनमा

काठमाडौं ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ मेसिन (वाटर एटिएम) स्थापना भएको छ।

बिहिबारदेखि काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको हो ।

वाटर एटिएम मार्फत् गिलाससहित २ रुपैयाँमा २०० मिलिलिटर गिलासबाहेक १ रुपैयाँमा २०० मिलिलिटर र ५ रुपैयाँमा १ लिटरको बोतलमा १ बोतल शुद्ध पिउने पानी प्राप्त गर्न सकिनेछ ।

त्यस्तै बानेश्वर र शंखपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ।

महानगरले वाटर एटिएमको लागि गत वर्ष चैत १० गते काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सम्झौता गरेको थियो। लकडाउनको कारणले सम्झौता कार्यान्वयन हुन सकेको थिएन।

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • ३० माघ २०७७, शुक्रबार