युट्युबको लागि गरिएको ‘डकैती प्रांक’ मा गोली लागेर एक बेलायती युवकको मुत्यु

  • Technology Khabar | २७ माघ २०७७, मंगलवार

काठमाडौं ।

यूट्यूबका लागि फिल्माएको एक ‘डकैती प्रांक’ मा सहभागी भएका एक २० वर्षिय युवकलाई गोली हान्दा उनको मृत्यु भएको छ।

बेलायतमा भएको एक घट्नामा ‘डकैती प्रांक’ मा सहभागी रहेका ति युवकलाई अर्को व्यक्तिले सुरक्षाको लागि गोली चलाएको थियो ।

साक्षीहरूले पुलिसलाई तिमोथी विल्क्स र उनका साथीले ठूलो चक्कु समातेर नाशभिलको पारिवारिक ट्र्यामपोलिन पार्क बाहिर मानिसहरूको समूह समक्ष आएको बीबीसीले जनाएको छ।

विल्क्सलाई एक २३ बर्षे उमेरका व्यक्तिले गोली हानेका थिए, जसले पुलिसलाई भने कि उनीलाई ‘प्रांक’ भएको भनिएको थिएन र उनले आत्मरक्षाका लागि त्यसो गरिरहेको थियो।

विल्क्सको साथीले अधिकारीहरूलाई भने कि सो प्रांक एक यूट्यूब भिडियोको लागि थियो।

रिपोर्टकाअनुसार सो गोली काण्डमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।

आफूलाई ‘बालबालिका मैत्री’ र ‘परिवार रमाईलो’ भनेर वर्णन गर्ने सो अर्बान एयर ट्रामपोलिन र एडभेन्चर पार्क भित्र शूटिंगको समयमा धेरै परिवारहरू रहेको बताईएको छ।

डकैती प्रांक भिडियोहरू यूट्यूबमा तुलनात्मक रूपमा सामान्य हुन, कहिलेकाँही नक्कली बन्दुक, बलाक्लाभस वा गेटवे गाडीहरू पनि समावेश गरिन्छन्।

केहिमा लाखौं भ्यूहरू छन् यद्यपि ती मध्ये धेरै आफैं नक्कली हुन् ।

तर युट्युबले दुई बर्ष अघि खतरनाक वा धम्की दिने प्रांकमाथि प्रतिबन्ध लगाउने नियम ल्याएको थियो ।

प्रकाशित: २७ माघ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...