
काठमाडौं ।
नेपालमा सामसङको ग्यालेक्सी एस२१ अल्ट्रा, ग्यालेक्सी एस२१ तथा ग्यालेक्सी एस२१ प्लस स्मार्टफोनको बिक्री सुरु भएको छ । बोल्ड डिजाइन, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने कम्पनीको भनाई छ ।
यि फोनहरुमा उपलब्ध भएका प्रो ग्रेड क्यामरा सिस्टम तथा ब्राइटेस्ट, इन्टलिजेन्ट डिस्प्ले लगायत विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई अझै बढी इपीक एक्सपिरेनस प्रदान गर्ने छन् ।
सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य एक लाख ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
सामसङ ग्यालेक्सी एस२१ प्लस ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य एक लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने सामसङ ग्यालेक्सी एस२१ ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य एक लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा प्यान्थम ब्ल्याक र प्यान्थम सिल्भरमा उपलब्ध छ भने सामसङ ग्यालेक्सी एस२१ प्लस प्यान्थम ब्ल्याक, प्यान्थम सिल्भर र प्यान्थम भायोलेट र सामसङ ग्यालेक्सी एस२१ प्यान्थम ग्रे र प्यान्थम भायोलेट रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २६ माघ २०७७, सोमबार