मोबाइल वालेटबाट गरिने कारोबार रकममा उल्लेख्य वृद्धि, कारोबार संख्या भने घट्यो

  • Technology Khabar | २६ माघ २०७७, सोमबार
मोबाइल वालेटबाट गरिने कारोबार रकममा उल्लेख्य वृद्धि, कारोबार संख्या भने घट्यो

काठमाडौं ।

मोबाइल वालेटबाट गर्ने भुक्तानी प्रणालीमा नेपालीहरु अभ्यस्त हुँदै गएको देखिएको छ । पछिल्लो दिनमा वालेटबाट हुने कारोबार रकममा समेत वृद्धि देखिएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विद्युतिय भुक्तानी कारोबार बारेको तथ्यांकअनुसार पुस मसान्तमा मोबाइल वालेटहरुबाट हुने कारोबार रकममा उल्लेख्य वृद्धि हुँदै करिब १० अर्ब हाराहारी पुगेको छ ।

अघिल्लो महिनाको तुलनामा कारोबार रकम बढेपनि कारोबार संख्या भने घटेको देखिएको छ।

राष्ट्र बैंककाअनुसार पुस मसान्त अर्थात मध्य जनवरीमा कारोबार संख्या ९८ लाख ९० हजार ५२१ कारोबार भएको छ भने सो महिनामा कारोबार रकम भने ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

यस्तो कारोबार संख्या अघिल्लो महिनामा ९९ लाख २९ हजार ९ सय ६९ रहेको थियो भने कारोबार रकम ८ अर्ब ८९ करोड ६८ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

मंसिर महिनाको तुलनामा पुस महिनामा करिब ९१ करोड ९१ हजार रुपैंयाले कारोबार रकम बढेको छ भने संख्याको आधारमा ३९ हजार ४४८ कारोबार संख्या न्यून भएको छ ।

प्रकाशित: २६ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार